कांग्रेसको ‘जनसम्पर्क समिति समन्वय विभाग’ प्रमुखमा किरण पौडेल मनोनयन

लण्डन । नेपाली कांग्रेसले विदेशस्थित जनसम्पर्क समिति समन्वय समितिको प्रमुखमा किरण पौडेललाई मनोनयन गरेको छ । केन्द्रिय सदस्य समेत रहेका पौडेललाई पार्टी विधान बमोजिम सभापति शेर बहादुर देउवाले सो पदमा नियुक्त गरेका हुन् । जनसम्पर्क समितिमा विदेशमा तीन दर्जन देशमा शाखा रहेका छन् । पौडेल नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री समेत हुन् ।